Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा

वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा


काठमाडौँ । आइतबार नेपाल आएकी जापानकी विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो दुई बजे काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छिन् ।

उनले वसन्तपुर पुगेर कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । उनले अवलोकनपछि बुद्धको मूर्ति खरिद गरिन् ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन ।

उनको सम्मानमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले रात्रिभोजको आयोजना गर्ने भएका छन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया