संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
गोदावरी (कैलाली) । चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन जिल्लाका चुरे क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेका ताल संरक्षण अभावमा ओझेल पर्दै गएका हुन् ।
कैलालीको गोदावरी नगरपालिका–१२ मा रहेको नाइल ताल, चुरे गाउँपालिका–४ मा रहेको कुटेबन्ध, कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रभित्र पर्ने पाण्डब, बेलकोट, भीमदत्त नगरपालिका–९ मटैनामा रहेको झिलमिला ताल, डडेल्धुराको आलिताल गाउँपालिकामा पर्ने आलिताल र बोडापती ताल चुरे क्षेत्रमा अवस्थित रहेका ताल हुन् ।
कैलाली, कञ्चनपुर र डडेलधुराको सीमा क्षेत्रमा रहेको नाइल ताल तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वर्षभरि कञ्चन पानी रहने ताल धार्मिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ । विगतमा सुदूरपश्चिम डोटी राज्य हुँदा मुगल दरबारका रूपमा परिचित गाउँमा रहेको नायल ताल अहिले संरक्षणको अभावमा ओझेलमा पर्दै गएको गोदावरी नगरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले राससलाई बताए ।
कञ्चनपुरको उत्तरी चुरे भेगका चारैतिर डाँडाकैबीचमा अवस्थित झिलमिला ताल समुद्रसतहदेखि छ सय ८० मिटर उचाइमा रहेको छ । सो तालको विशेषता हिउँद, गर्मी अथवा वर्षात्मासमेत पानी फोहर नहुने जनाइएको छ । धार्मिक, पर्यटकीय ऐतिहासिकरुपमा रहेको बेदकोट ताल संरक्षण अभावमा ओझेलमा परेको जनाइएको छ । कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको सो तालमा पछिल्लो पटक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको जनाइएको छ ।
आलिताल गाउँपालिका–३ मा रहेको धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार एक सय ७५ मिटर तथा चौडाइ करिब चार सय मिटर रहेको छ । महाभारतको चुरे क्षेत्रबाट विभिन्न फोहर पदार्थ तालमा जम्मा हुँदै जान थालेपछि दिन प्रतिदिन साँघुरिँदै गएको स्थानीयको भनाइ छ ।
चुरे क्षेत्रमा रहेका ताल प्राकृतिकरुपमा रमणीयका साथै छुट्टाछुट्टै पहिचान बोकेका ताल भएकाले ती तालको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए । उनले चुरे क्षेत्रमा रहेका महत्वपूर्ण तालको आफूले स्थलगत अवलोकन गरिसकेको बताए ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यान्वयन एकाइका अनुसार चुरे क्षेत्रमा अवस्थित आधा दर्जन बढी तालको पहिचान गरिएको छ । पहिचान गरिएका तालको संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समावेश गरिने प्रदेश पर्यटन कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए ।
चुरे क्षेत्रमा अवस्थित तालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व भएकाले ती तालको संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिने उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बागमती प्रदेश सरकारले आ.ब.८१/०८२ मा परिणाममुखी बजेट ल्याउने
- आन्तरिक विवाद समाधानका लागि राप्रपाले गर्यो बैठक आह्वान
- सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय
- तोलामा एक हजार छ सयले सुनको मूल्यमा वृद्धि
- विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
- मौद्रिक नीतिले पार्ने प्रभाव
- आसन्न बजेट भाषण र तलब वृद्धि
- संसद्मा अब यस्तो कहिल्यै नहोस्
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया