Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता


काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोस्टिक सेन्टर बीच काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराई र मंगलम डायग्नोस्टिक सेन्टरका अध्यक्ष प्राडा अमरनाथ ठाकुरले हस्ताक्षर गरेका छन् ।

वीरगञ्जमा मुख्य कार्यालय रहेको मंगलम् डायग्नोस्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर वीरगञ्जलगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ । अब काठमाडौंंमा अत्याधुनिक र एकीकृत डायग्नोस्टिक सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्राडा ठाकुरले जानकारी दिए । काठमाडौंमा डायग्नोस्टिक सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ । हस्पिटलहरूको आफ्नै ल्याब पनि छ । तर अहिले पनि विश्वसनीय डायग्नोस्टिकको लागि नेपालीहरू भारतलगायत अन्य देश गइरहेका छन् । सोही अवस्थालाई हेरेर विश्वसनीय र भरपर्दो डायग्नोस्टिक सेवा दिन काठमाडौंमा छुट्टै ल्याब खोल्न लागिएको जनाइएको छ ।

सम्झौताबमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा सञ्चालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ । काठमाडौंको आवश्यकताअनुसार कस्तो र कुन क्षमताको डायग्नोस्टिक सेन्टरको आवश्यकता छ, सोको लागि कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले मंगलम् डायग्नोस्टिक सेन्टर प्रा.लि. लाई प्रतिवेदन बुझाउने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया