Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड

भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड


काठमाडौँ । काठमाडौँमा मंगलबार आयोजित दोस्रो ‘नेपाल सेल्टर फोरम’ सम्बन्धि छलफल कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजारकोट केन्द्रविन्दु भई गत कात्तिकमा गएको भूकम्पका कारण भत्किएका घर बनाउन भूकम्पपीडितलाई चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनुपर्ने बताएका छन् ।

उनले समयमा नै भूकम्प पिडितलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए । “भूकम्पपीडितलाई अस्थायी टहरा बनाउन ढिला गर्नुहुँदैन । चाँडोभन्दा चाँडो राहात दिन सक्नुपर्छ,” मन्त्री जोशीले भने । मनसुनसमेत नजिकिँदै गरिरहेको र यसले भूकम्पपीडितलाई अझै प्रभावित पार्न सक्ने उल्लेख गर्दै उनले राहत वितरणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

मन्त्री जोशीले २०७२ सालको भूकम्पले भोग्नुपरेको पीडा अझै बाँकी रहेको बताए । बाढीपहिरो, चट्याङ, वनडढेलो जस्ता प्राकृतिक प्रकोपका कारण बर्सेनी धनजनको क्षति भइरहेको उल्लेख गर्दै उनले यसबाट हुने क्षति न्यूनीकरण सम्बन्धी प्रभावकारी नीति कार्यन्वयनको आवश्यकता रहेको बताए । सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा विपद् राहत उपलब्ध गराउने भनिए पनि क्षमताको अभावले फलदायी हुन नसक्ने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया