Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारयी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी

यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी


काठमाडौं । कारोबार हुने साताको चौथो दिन शेयर बजार परिसूचक सामान्य अंकले घटेर बजार बन्द भयो । परिसूचक शून्य दशमलव २१ अंकले घटेर आजको कारोबार बन्द भएको छ । आज कारोबार भएका कम्पनी मध्ये एक सय २४ कम्पनिको शेयर मूल्य बढेको छ ।
अघिल्लो दिन सामान्य बढेको बजार आज फरि ऋणात्मक भएको हो ।

आज कारोबार गरेका मध्ये इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भयो । यो कम्पनिको शेयर मूल्य ९.९ प्रतिशत अर्थात १२७ रुपैयाँ ९० पैसाले बढेको हो । त्यस्तै कारोबार ऋणात्मक भएको दिन आज डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यो कम्पनिको शेयर मूल्य ९.७४ प्रतिशतले अर्थात ४१ रुपैयाँले बढेको छ ।

त्यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.६७ प्रतिशत अर्थात प्रतिकिता ८५ रुपैयाँल बढेको छ भने ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिको शेयर मूल्य ८.२१ प्रतिशत अर्थात ५७ रुपैयाँले बढेको छ । त्यसैगरी श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पनि ७.४५ प्रतिशत अर्थात ८७ रुपैयाँ ९० पैसाले बढेको छ ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले पनि आज ७.२० प्रतिशत अर्थात प्रतिकिता ८५ रुपैयाँले नाफा आर्जन गरेका छन् । यता माथिल्लो मेलुन खोला जलविद्युत लिमिटेडको शेयर मूल्य पनि ७.०७ प्रतिशत अर्थात प्रतिकिता २९ रुपैयाँले बढेको छ । त्यस्तै आज एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीहरुले पनि प्रतिकिता ४४ रुपैयाँ ६.८८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै नेपाल फाइनान्स लिमिटेडका शेयर धनीले पनि प्रतिकिता ३३ रुपैयाँ अर्थात ६.६० प्रतिशतले कमाएका छन् । त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पनि आज ६.३६ प्रतिशत अर्थात ६३ रुपैयाँ ६० पैसाले बढेको छ ।


क्याटेगोरी : शेयर बजार, समाचार

तपाईको प्रतिक्रिया