Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३० प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा

३० प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा


काठमाडौं । युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ३० प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनि गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिस्कृत वितीय विवरण अनुसार ३०.४६ प्रतिशतले नाफा बढेको हो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ४८ कडोर ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको ब्यापारबाट हुने आम्दानी बढ्दा र खर्च घट्दा उसको नाफा बढेको हो । गत आर्थिक वर्षको चैतसम्ममा ब्यापार गरेर १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९९ करोड ५५ लाख आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षमा कम्पनीले आफ्नो खर्चलाई पनि घटाउदै लगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा कुल खर्च १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा यस वर्ष यस्तो खर्च १ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ ।

चैत मशान्तसम्ममा कम्पनीको कुल चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ छ भने रिटेर्न अर्निङ ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ । कम्पनीको चैतसम्ममा प्रतिशेयर आम्दानी ५२८ रुपैयाँ छ जसलाई वार्षिकिकरण गरेर हेर्ने हो भने उसुको प्रतिशेयर आम्दानी २ हजार २०२ रुपैयाँ छ। उसको प्रतिशेयर नेटवर्थ ३ हजार १६२ रुपैयाँ छ। यो गत वर्षको तुलनामा केहि घटेको हो।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया