Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल व्यवस्थापन संघद्वारा आयोजित प्रि बजेट छलफल सम्पन्न

नेपाल व्यवस्थापन संघद्वारा आयोजित प्रि बजेट छलफल सम्पन्न


हेटौडा,नेपाल व्यवस्थापन संघ बागमती प्रदेश समितीले नया आर्थिक बर्षको बजेटको तयारी गरिरहेको बागमती प्रदेश सरकार र सरोकारवाला बीच एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। बिहिबार बागमती प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको प्रमुख आथित्यता , खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयका माननिय मन्त्री एकलाल श्रेष्ठको बिशिस्ट आथित्यतामा हेटौडामा भएको कार्यक्रममा प्रदेशका बिभिन्न जिल्लाबाट आउनु भएका उद्योग बाणिज्य संघ र उद्योग संघको प्रतिनिधिहरु र व्यवसायीहरु बीच छलफल भएको थियो।

मन्त्री थपलियाले छलफलमा उठेका जिज्ञासाहरुको जवाफ दिदै उधोगी व्यवसायीबाट आएको सल्लाह सुझाबलाई उच्च प्रथामिकताका साथ समेटिने बताए। स्थानीय निकाय तथा शहरी बिकास बिज्ञ बिके महर्जनले बिगत चार बर्षको तथ्याक देखाउदै लक्ष अनुसार बजेट नदेखिएकोले अबको बजेटमाू करको दर नभई दायराू बढाउनु पर्ने बताए। करको दर बददा कर छल्ने प्रबित्ती बढ्ने भएकोले करको दर पुनरावलोकन हुनु पर्ने उनको धारणा थियो। मकवानपुर उद्योग संघका निबर्तमान अध्यक्ष स्वागतराज प्याकुर्यालले यथासक्य उद्योगग्राम संचालन गर्नुका साथै घरेलु उत्पादित बस्तु अनिवार्य खरिद गर्न नीतिगत व्यवस्था र स्थानीय उत्पादन प्रवर्धनको लागि हेटौडाको रातोमाटेमा पशु क्वारेन्टाइनको स्थापनाको लागि माग गरेका छन।

उनले वातावरणीय प्रभाब मुल्यांकन एक दम जटिल हुनुका साथै उद्योगको बिधुत महशुलमा लगाइने डिमाण्ड शुल्क अव्यवहारिक रहेको बताए। बरिष्ठ अर्थविद केशब आचार्यको व्यवसायीले उठाएको गाजा खेतीको माग जायज रहेको बताउदै नियमन गरि आवश्यक व्यवस्था मिलाउनु पर्ने धारणा थियो । बागमती प्रदेश व्यवस्थापन संघको अध्यक्ष सुदर्शन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानका उपकुल पती डा बिश्वराज जोशी लगायतको उपस्थिति रहेको थियो।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया