Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबञ्चरो प्रहार गरी २ जनाको हत्या

बञ्चरो प्रहार गरी २ जनाको हत्या


काठमाडौं । दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ । शनिबार बेलुकी घोराही उपमहानगरपालिका –१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको हो ।

बन्चरो प्रहारबाट दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले पुष्टि गरे । प्रहरीले हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका–२ घर भई घोराही उपमहानगरपालिका–१७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको उनले बताए ।

प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का लगाएर अनुसन्धान जारी राखेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया