Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएभिन्यूज नेटवर्कका कार्यकारी अध्यक्ष राजकर्णिकारलाई पत्नी शोक

एभिन्यूज नेटवर्कका कार्यकारी अध्यक्ष राजकर्णिकारलाई पत्नी शोक


काठमाडौं : एभिन्यूज नेटवर्कका कार्यकारी अध्यक्ष तथा मिडिया एलाइन्सका अध्यक्ष, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शोक परेको छ । उनको श्रीमति प्रदिता राज राजकर्णिकारको ६० वर्षको उमेरमा गएराति निधन भएको हो ।

मुटुसम्बन्धी समस्याका कारण राति एक बजेर छत्तिस मिनेट जाँदा राजकर्णिकारको निधन भएको र उनको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिएको छ ।

पछिल्लो समय उनको फोक्सोमा पानी जमेको थियो भने अपरेशन गरेर पानी निकाल्न उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएकै समयमा उनको निधन भएको हो ।

पशुपतिमा प्रदिता राज राजकर्णिकारलाई श्रद्धाञ्जली प्रकट गर्न नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, मिडिया एलाइन्सका प्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकार पशुपति पुगेका थिए ।

स्वर्गीय प्रदिता राज राजकर्णिकारकी एक छोरी सम्बृद्धि राजकर्णिकार छिन भने उनी एभिन्युज टेलिभिजनको प्रवन्ध निर्देशकको रुपमा कार्यरत छिन् ।

आर्थिक दैनिक परिवार मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारप्रति समवेदना प्रकट गर्दछ ।

 

 

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया