Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनौ महिनामा बाहिरियो १४३ अर्ब बढी रकम

नौ महिनामा बाहिरियो १४३ अर्ब बढी रकम


काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा विदेश भ्रमण गर्न जाने नेपालीहरुले १४३ अर्ब भन्दा बढी रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेपालीहरुले नौ महिनाको अवधिमा विदेश भ्रमणका लागि १४३ अर्ब २२ करोड रुपैयाँ खर्च गरेका हुन् ।

अघिल्लो वर्ष यस्तो व्यय १०० अर्ब ५४ करोड रहेको थियो । नौ महिनाको अवधिमा यस्तो व्यय मध्ये ९५ अर्ब ८५ करोड रुपैयाँ शिक्षा तर्फको व्यय रहेको छ । अघिल्लो वर्ष शिक्षा तर्फको व्यय ६७ अर्ब १९ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय ५२ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४० प्रतिशतले वृद्धि भई ६० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४३ अर्ब १७ करोड रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया