Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्वस्थ जीवनका लागि योगाभ्यास आवश्यक : प्रमुख सचिव पौडेल

स्वस्थ जीवनका लागि योगाभ्यास आवश्यक : प्रमुख सचिव पौडेल


काठमाडौं । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले स्वस्थ जीवनका लागि योगाभ्यास आवश्यक रहेको बताएका छन् । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतद्वारा आयोजित तीन दिने ‘योगध्यान, सकारात्मक व्यवहारसम्बन्धी स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’को समापनमा बोल्दै प्रमुख सचिव पौडेलले अनुशासनहिन आहारविहारका कारण आज मानव जीवनशैली कष्टकर बन्दै गएको बताएका हुन् ।

‘आयुर्वेद ढिलो भए पनि यो प्रभावकारी चिकित्सा पद्दति हो । सबैले अवलम्बन गर्नैपर्छ,’ उनले भने । तीन दिनसम्म भएको स्वास्थ्य प्रवद्र्धन कार्यक्रममार्फत योग साधना, ध्यान र व्यवहारिक कुरा सिकाइएको उल्लेख गर्दै प्रमुख सचिव पौडेलले पूर्वीय दर्शनमा आधारित आयुर्वेदिक चिकित्सा पद्धति अहिले पश्चिमाहरुले अवलम्बन गर्न थालिसकेको बताए । आयुर्वेदिक पद्धतिको प्रचार व्यक्तिको मानसपटलमा पु¥याउनुपर्ने भन्दै उनले आगामी आर्थिक वर्षको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले ल्याउने कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अनुसन्धान केन्द्रका निमित्त निर्देशक डा.शङ्करप्रसाद रिजालले विश्व महामारीका रुपमा देखिन थालेको मानसिक रोगको उपचार प्रमुख माध्यम प्राकृतिक चिकित्साविधि भएको बताए । ‘योगाभ्यास र ध्यानले स्मरण शक्ति, सौन्दर्यता, आत्मविश्वास, व्यक्तित्व विकासदेखि मानव जीवनका समग्र पक्षलाई सन्तुलनमा राख्न ठूलो सहयोग पुर्‍याउँछ,’ निर्देशक रिजालले भने, ‘हामीले धेरै जानेका छौँ तर ती कुरालाई हाम्रो दैनिकीमा सकरात्मक प्रभाव पर्ने गरी कार्यान्वयनमा ल्याऔंँ ।’

योगध्यान तथा सकरात्मक व्यवहारसम्बन्धी आयोजित स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा आरोग्य नेपाल ललितपुरका प्रशिक्षकद्वय डा.विनोद घिमिरे र डा.बिहानी सञ्ज्याले मानसिक स्वास्थ्यमा देखापर्ने तनाव, चिन्ता, निराश, वैराग्यता, रिस, डाह, ईष्र्या, बदलाभावबाट कसरी मुक्त हुने, जीवनलाई सहज बनाउने विधि, योगाभ्यास र ध्यानबारे तीन दिनसम्म सहभागीलाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षकद्वयले शरीर र मनलाई शुद्ध बनाउने तरिका, आसनका विधि र शान्त जीवन निर्माणका लागि व्यक्तिले अपनाउनुपर्ने उपाय र पूरा गर्नुपर्ने जिम्मेवारीका विषयमा पनि जानकारी गराए ।


क्याटेगोरी : बिबिध, समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x