Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जाविकास खर्च न्यून, दश महिनामा जम्मा ३७ प्रतिशत मात्रै खर्च

विकास खर्च न्यून, दश महिनामा जम्मा ३७ प्रतिशत मात्रै खर्च


काठमाडौं । चालु आर्थिक वर्षको दश महिनाको अवधि सकिदा पूँजीगत खर्च न्यून मात्रै भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को दश महिना पूँजीगत खर्च जम्मा ३७ प्रतिशत मात्रै भएको हो ।

नेपालमा असारको महिनामा पूँजीगत खर्च बढी हुने गरेको इतिहास रहेको छ । यो वर्ष पनि तथ्यांक हेर्दा खसारे खर्च बढ्ने निश्चित भएको छ । कुल ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले वैशाख मसान्तसम्म १ खर्ब ११ अर्ब ८८ करोडमात्र खर्च गर्न सकेको छ । यो लक्ष्यको ३७ प्रतिशत मात्र हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेट खर्च भने ६० प्रतिशत भएको छ । यो अवधिमा कुल बजेट खर्च १० खर्ब नाघेको छ । जुन लक्ष्यको ६०.३५ प्रतिशत हो ।

यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । चालु खर्च र वित्तीय व्यवस्थामा भएको खर्च उल्लेख्य बढ्दा पूँजीगत खर्च भने यस वर्षसमेत दयनीय देखिएको छ । पूँजीगत खर्च गर्न नसक्दा सरकारको हरेक वर्ष चर्को आलोचना हुने गरेको छ ।

कार्यालयका अनुसार चालु खर्च भने ७ खर्ब ५२ अर्ब बराबर भएको छ । यस वर्ष सरकारले ११ खर्ब ४१ अर्ब बराबर चालु प्रकृतिको खर्च गर्ने लक्ष्य राखेको छ । यसभित्र तल्लो सरकारमा जाने विभिन्न प्रकारका अनुदान समेत समावेश हुन्छ । वित्तीय व्यवस्थातर्फ यस वर्ष १० महिनामा १ खर्ब ९२ अर्ब खर्च भइसकेको छ । यो लक्ष्यको ६२.६ प्रतिशत हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य छ । खासगरी सरकारले ऋण तिर्न र सार्वजनिक संस्थानमा लगानी गर्न यो शीर्षकबाट रकम खर्च हुने गरेको छ ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x