Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबूढीगण्डकी निर्माण सुरु गर्ने घोषणा

बूढीगण्डकी निर्माण सुरु गर्ने घोषणा


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने घोषणा गरेको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बूढीगण्डकी र नलसिंहगाड जलासययुक्त आयोजनाको निर्माण कार्य अगाडि बढाउने घोषणा गरेका हुन् ।

दूधकोशी जलासययुक्त आयोजनाको निर्माणपूर्वका काम सम्पन्न गर्ने पनि सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोशी ५, जगदुल्ला, चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिने पनि सरकारले जनाएको छ । आगामी आवमा कर्णाली चिसापानी जलविद्युत् आयोजनाको विस्तृत अध्ययन सम्पन्न गर्ने सरकारले लक्ष्य राखेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x