Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविशाल ग्रुपका सञ्चालकहरूको भागाभाग, अझै परेनन् पक्राउ

विशाल ग्रुपका सञ्चालकहरूको भागाभाग, अझै परेनन् पक्राउ


काठमाडौं । बृहस्पति विद्या सदन र राई स्कुलको नाममा बालमन्दिरको जग्गा कब्जा जमाइरहेकाहरूमध्ये प्रमुख पात्र विशाल ग्रुपका सञ्चालकहरूको भागाभाग भएको छ ।

स्रोतका अनुसार सरकारको अनुमतिमा बालमन्दिरको जग्गा घोटलाका प्रमुख पात्रहरू विशाल अग्रवाल, अनुज अग्रवाल, निकुञ्ज अग्रवाल, अर्पित अग्रवाल, सञ्जय अग्रवाललगायतलाई जोगाएर अन्य २० जनालाई पक्राउ पुर्जी जारी गरेपछि आलोचित सीआईबीले आफ्नो कमजोरी सच्याउने संकेत देखाएपछि विशाल ग्रुपका सञ्चालकहरू लुकीछिपी हिँड्ने गरेका छन् ।

स्रोतका अनुसार सरकारी पक्षको सहमतिमा नै विशाल ग्रुपका सञ्चालकहरूलाई उम्काउने नियतले नै सीआईबीले समेत पक्राउ पुर्जी जारी भएकाहरूलाई समेत पक्राउ नगर्ने नीति लिएको हो । सोहीबमोजिम पक्राउ पुर्जी जारी भएकाहरूलाई समेत सीआईबीले सामान्य सोधपुछ गरेर छोड्ने गरेको छ ।

काठमाडौंको केन्द्र नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक एक करोड नौ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो । लिजमा लिने दुई ग्रुपमध्ये विशाल ग्रुप प्रमुख रहेको थियो ।

राज्यशक्ति र सत्तासँग सिधा पहुँच बनाएको विशाल ग्रुपले नेपाल बाल संगठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको, २०८९ मा सकिने सम्झौता समेत बदनियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको देखिएको थियो ।

आर्थिक दैनिकलाई प्राप्त कागजातअनुसार बृहस्पति विद्या सदनका सयेरधनीमा पुरुषोत्तमराज जोशी, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, अनुज अग्रवाल, श्रद्धा संघई, अर्पित अग्रवाल, ग्रीन फिल्ड इंक प्रालि, श्यामसुन्दर कंडेल, समीर थापा, महेशकुमार सिंघानिया, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल छन् । जसमा पुरुषोत्तमको २५ लाख ८० हजार रुपैयाँ, प्रवीणराज जोशीको एक करोड ८७ लाख १० हजार रुपैयाँ, प्रज्वलराज जोशीको एक करोड ३१ लाख १० हजार रुपैयाँ, अनुज अग्रवालको तीन करोड ६१ लाख १२ हजार पाँच सय रुपैयाँ, श्रद्धा संघईको दुई करोड ५७ लाख ९२ हजार पाँच सय रुपैयाँ, अर्पित अग्रवालको एक करोड १२ लाख १० हजार रुपैयाँ, ग्रीन फिल्ड इंक प्रालिको ५० लाख १० हजार रुपैयाँ, श्यामसुन्दर कंडेलको ६४ लाख ६५ हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ, महेशकुमार सिघांनियाको ४२ लाख ३० हजार छ सय रुपैयाँ, सञ्जयकुमार मोरको सात लाख चार हजार दुई सय रुपैयाँ, सञ्जय अग्रवालको सात लाख चार हजार दुई सय रुपैयाँ, विशाल अग्रवालको दुई करोड ३६ लाख ७५ हजार रुपैयाँ र निकुञ्ज अग्रवालको दुई करोड ३६ लाख ७५ हजार रुपैयाँबराबरको सेयर लगानी छ ।

त्यस्तै राय स्कुलका सेयरधनीमा श्रद्धा संघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, ग्रीन फिल्ड इंक प्रालि, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, एस इन्स्टिच्युट अफ मेनेजमेन्ट, समीर थापा र अर्पित अग्रवाल छन् । जसअनुरूप श्रद्धा संघाईको ७५ लाख ५५ हजार एक सय रुपैयाँ, अनुज अग्रवालको ५० लाख ३६ हजार दुई सय रुपैयाँ, विशाल अग्रवालको ३३ लाख ६० हजार छ सय रुपैयाँ, निकुञ्ज अग्रवालको ३३ लाख ६० हजार छ सय रुपैयाँ, ग्रीन फिल्ड इंक प्रालिको १० हजार रुपैयाँ, प्रवीणराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, प्रज्वलराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, एस इन्स्टिच्युट अफ मेनेजमेन्टको नौ लाख ८० हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ र अर्पित अग्रवालाको १६ लाख ८७ हजार पाँच सय रुपैयाँबराबरको सेयर लगानी छ ।

भारतीय मूलका व्यापारीहरूको लगानी रहेको विशाल ग्रुपले नेपालमा राजतन्त्र छँदै उक्त जग्गा हत्याएको थियो । नेपालमा राजा फालेर गणतन्त्र आएकै १५ वर्ष बढी भइसक्दा पनि सेटिङ र कमिसनमा चरम चलखेल गरेर बाल मन्दिरको जग्गा दोहन गरिरहेको यो समूहले संगठनलाई नगण्य भाडा तिरेर चार गुणा बढी मुनाफा लिइरहेको थियो ।

सुरुमा बृहस्पति विद्या सदन पुरुषोत्तमराज जोशीले सञ्चालन गरेको भए पनि अहिले उनको नाममा सेयर संख्या न्यून छ भने सेयर रकम र संख्यामा विशाल ग्रुपमै रहेकाहरूको वर्चश्व छ । जसअनुसार बृहस्पतिमा रहेका १४ जना सेयर सदस्यमध्ये प्रत्यक्ष अप्रत्यक्ष गरी अधिकांश विशाल ग्रुपकै रहेको पाइएको छ ।

स्रोतका अनुसार २०७४ जेठ ७ गतेदेखि बृहस्पतिमा लगानीकर्ताका रूपमा अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघई र ‘ग्रीनफिल्ड इंक प्रालि प्रवेश भएको थियो । अनुज र अर्पित विशाल ग्रुपका निर्देशक हुन् भने ग्रीनफिल्ड नामक कम्पनीका अधिकांश सदस्य विशाल ग्रुपकै सदस्यहरू रहेको पाइन्छ ।

यसैगरी २०७८ सम्म आउँदा महेशकुमार सिंघानियाँ, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, श्यामसुन्दर कँडेल, सन्दीपा थापा, वसुन्धरा श्रेष्ठ, समीर थापा, सुनील जाकेबञ्जा पनि लगानीकर्ताका रूपमा देखिएका छन् । यीमध्ये विशाल र निकुञ्ज पनि विशाल ग्रुपकै निर्देशकका रूपमा रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x