Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यावसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रवद्र्धनलगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र इजरायल एसिया चेम्बरका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरेका छन् । नेपाल इजरायल चेम्बरबीच भएको सम्झौताअनुसार आफ्ना सदस्यहरूको हित अनुकूल हुने गरी व्यापार तथा लगानीसम्बन्धी कानुन र नियमहरूको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै, मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्वन्धमा समेत सहकार्यको सम्झौता भएको छ । नेपाल चेम्बर र इजरायल चेम्बरबीच व्यापार एवं प्रदर्शनी, सूचना प्रविधिमा सहकार्य एवं व्यापार विस्तारका लागि सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।

यस्तै, कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषयमा पनि सम्झौतामा उल्लेख छ । कृषिको विकास प्रवर्द्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिने जनाइएको छ । नेपाल र इजरायलका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यावसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x