Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअध्यक्ष सीबी लामा भारतीय सीमा छेउबाट पक्राउ

अध्यक्ष सीबी लामा भारतीय सीमा छेउबाट पक्राउ


काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामालाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले पक्राउ परेका लामालाई काठमाडौं ल्याउँदै गरिएको जानकारी दिएका छन् । उनलाई कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ । अहिले उनी पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत रहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x