Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटन क्षेत्रतर्फ लगाइने अनावश्यक कर हटाउछौँ : पर्यटनमन्त्री

पर्यटन क्षेत्रतर्फ लगाइने अनावश्यक कर हटाउछौँ : पर्यटनमन्त्री


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रबार नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स उजेन्ट्स (नाट्टा) को ५७औँ वार्षिक साधारणसभामा पर्यटन क्षेत्रतर्फ हवाई टिकटमा लगाइने भ्याट र अन्य अनावश्यक कर हटाउन सरकार लागि परेको बताएका छन् ।

पर्यटनमन्त्री तामाङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रका विभिन्न कर हटाउने विषयमा कुरा भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए । उनले नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधारसहित नयाँ योजना अघि बढाइएको बताए ।

उनले पर्यटन क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी पूर्वाधार विस्तार, गन्तव्यको खोजी र प्रवर्द्धन गरिनुपर्नेमा जोड दिदै आन्तरिक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्नेगरी ‘इको हिल स्टेसन’ बनाउने योजना रहेको बताए । उनले काठमाडौँ उपयत्यकासँग जोडिएको महाभारतको शृङ्खलामा सरकारले पूर्वाधार तयार पार्ने र सरकार तथा निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाइएको जानकारी दिए ।

“हाम्रो हवाई तथा सडक यातायात सहज छैन, त्यसैले पूर्वाधार सुधार गर्नेतिर सरकारले सोचिरहेको छ । साथै, जनकपुर, पशुपति, लुम्बिनीजस्ता स्थललाई भारत, चीनजस्ता ठूलो जनसङ्ख्या भएका देशबाट पर्यटक भित्र्याउने र हाम्रो सेवालाई थप गुणस्तरीय बनाउने तथा पर्यटकको बसाइँ लम्ब्याउने हिसाबले पनि सोच्नुपर्छ”, पर्यटनमन्त्री तामाङले भने ।

नाट्टाका अध्यक्ष रमेश थापाले लयमा फर्किएको पर्यटनलाई थप चलायमान बनाउन सरोकारवाला सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । नाट्टाको नयाँ नेतृत्व चयनका लागि अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ । त्यसअवसरमा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x