Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


काठमाडौं । भारतको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद्, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गरेका थिए ।

भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको सपथग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री दाहाल आइतबार अपराह्न नयाँदिल्ली गएका थिए । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन् । उनी नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको सपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक भएका थिए । सपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । यस्तै, प्रधानमन्त्री दाहालले सोमबार भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालका साथमा छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x