Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज ११ अर्ब तीन करोड रुपैयाँको ट्रेजरी बिक्री हुने

आज ११ अर्ब तीन करोड रुपैयाँको ट्रेजरी बिक्री हुने


काठमाडौं, पुुस ७
नेपाल राष्ट्र बैंकले आज सोमबार ११ अर्ब तीन करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति पुुस ८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको चार अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको छ ।

सोमध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७६ चैत ११ गते, एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ असार ९ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ साल पुुस ७ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही मंसिर ३० गते पनि राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको आठ अर्ब २३ करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x