राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो
काठमाडौं, पुस ११
निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदानस्थल तोकेको छ । आगामी माघ नौ गते हुनलागेको निर्वाचनको लागि सातवटै प्रदेशमा मतदान स्थल तोकेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले प्रदेश नं. १ को लागि मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ८४ गरी जम्मा तीन ६७ जना मतदाता रहेका छन् ।
प्रदेश नं. २ को मतदान केन्द्र धनुषाको जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवनमा तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ एक सय सात र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ७२ गरी जम्मा तीन सय ७९ जना मतदाता रहेका छन् । त्यस्तै प्रदेश नं. ३ को मतदान केन्द्र ललितपुरको ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ एक सय १० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ३८ गरी जम्मा तीन सय ४८ जना मतदाता रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख एक सय ७० गरी जम्मा २ सय ३० जना मतदाता रहेका छन् । प्रदेश नं. ५ को मतदान केन्द्र दाङको घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा तोकिएको छ ।
उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय १८ गरी जम्मा तीन सय पाँच जना मतदाता रहेका छन् । कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख एक सय ५८ गरी जम्मा एक सय ९८ जना मतदाता रहेका छन् ।
सुदूर पश्चिम प्रदेशको मतदान केन्द्र डोटीको सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्ति नारायण उच्च माविमा तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक सय ७६ गरी जम्मा दुई सय २९ जना मतदाता रहेका छन् । सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका पाँच सय ५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार पाँच सय छ गरी कुल जम्मा दुई हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया