इराकमा १५ हजार नेपाली, दूतावासको सम्पर्कमा आउन आग्रह
प्रवीण राउत
काठमाडौं, पुस २३
मध्यपूर्वमा युद्धको सन्त्रास फैलिरहेका बेला इराकमा मात्रै करिब १५ हजार नेपाली रहेको खुलेको छ । इराक समेत हेर्दै आएको कुवेतस्थित नेपाली राजदूतावासले इराकमा मात्रै करिब १५ हजार नेपाली रहेको जानकारी दिएको हो । कुवेतको अल जाब्रियामा रहेको नेपाली राजदूतावासले समस्या परेमा आफ्नो सम्पर्कमा आउन आग्रह गरेको दूतावासका डीजीएम प्रकाशमणि पौडेलले जानकारी दिए । पोडेलका अनुसार इराकमा रहेका नेपालीलाई समस्या भए तत्काल दूतावासको सम्पर्कमा आउन भनिएको छ । यसैबीच, परराष्ट्र मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले कुवेतस्थित राजदूतावासलाई इराकको पछिल्लो अवस्था हेरेर परराष्ट्रमा ‘ब्रिफिङ’ गर्न निर्देशन दिइएको जानकारी दिए । इराकमा पैसा धेरै कमाइ हुने आशामा धेरै नेपालीहरु आफ्नै हिसाबले रोजगारीका लागि जाने गरेका छन् ।
गत शुक्रबार अमेरिकी सेनाले इराकको बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इरानी रिभोल्युनरी गार्डको कुद्स युनिटका सेनाका जर्नेल कासिम सुलेमानीलाई ड्रोनबाट क्षेप्यास्त्र हानी हत्या गरेपछि इराकमा युद्धको सन्त्रास फैलिएको छ । मृत्यु भएका कासिमको समर्थन र सहानुभूतिमा इरानमा लाखौँ मानिस जम्मा भएका थिए । उनको अन्तिम समाधि गरिएको छ । कासिमको समाधिसँगै इरानी सेनाले मंगलबार राति इराकमा रहेको अमेरिकी सेनाको दुई सैन्य आधारशिविरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।
इरानको आक्रमणसँगै अमेरिकाले थप कारबाही गर्नसक्ने भएकाले इराकमा इरान–अमेरिका युद्धको नजिक पुगेपछि त्यहाँ रहेका नेपालीबारे सरकारले चासो देखाएको हो । यसैबीच अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पले बुधवार राति इरानी क्षेप्यास्त्र प्रहारपछि सम्बोधन गर्दै थप आर्थिक प्रतिबन्ध लगाउने बताएका छन् उनले युद्धको घोषणा भने गरेनन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया