निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने गरी काम गर्न निर्देशन
काठमाडौं, पुस २४
खानेपानी मन्त्री बिना मगरले निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौ ल्याउनेगरि काम गर्न निर्देशन दिएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्था बारे बुधबार सिंहदरबारमा भएको मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँगको छलफलमा उनले सरकारले तोकेको समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिएकी हुन् ।
उनले हेड वक्र्स (मुहान) र सुरुङ फिनिसिङको कामको प्रगतिबारे जिज्ञासा राख्दै काममा ढिलाई नगर्न निर्देशन दिइन् । छलफलमा समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको काममा अहिले कुनै ढिलाइ नभएको स्पष्ट पारे । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम धमाधम भइरहेको छ । इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेसँगै अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवक्र्स निर्माणको काम गरिरहेको छ ।
अहिलेसम्म आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । समयअघि नै काम सम्पन्न गरे निर्माण व्यवसायी (ठेकेदार कम्पनी)लाई बोनसको व्यवस्था भएको हुनाले तोकिएको अवधिभित्रै मेलम्चीको पानी काठमाडौं आइपुग्ने समितिले जनाएको छ । टनेलको काम ९० प्रतिशत र हेडवक्र्सको काम ६० प्रतिशत सकिसकेको आयोजनाका कार्यकारी निर्देशक खत्रीले बताए । मेलम्चीको पानी आए काठमाडौं उपत्यकाका ४० लाख जनसंख्या लाभान्वित हुनेछन् ।
आयोजनाअन्तर्गत पहिलो चरणमा मेलम्चीको दैनिक १७ करोड लिटर पानी राजधानी आउनेछ । त्यसपछि दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको १४/१४ करोड गरी थप ३४ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने योजना बनाइएको छ । यता मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको दोस्रो भागको काम करिब सकिन लागेको छ । पहिलो खण्डअन्तर्गत साढे आठ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माणसम्पन्न भइसकेको छ भने बाँकी साढे आठ करोड लिटर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया