Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजेश हार्डवेयरविरुद्ध ठगी उजुरी

राजेश हार्डवेयरविरुद्ध ठगी उजुरी


काठमाडौं ।
वरिष्ठ उद्योगी राजेश अग्रवालको कम्पनी राजेश हार्डवेयर प्रालिविरुद्ध ठगी उजुरी परेको छ । सागरमल अग्रवालको नाममा दर्ता भएको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेख गरिएभन्दा कम तौलमा फलामे डण्डीलगायतका सामानहरू बिक्री गरेको भन्दै बालाजु प्रहरी वृत्तमा उजुरी परेको हो ।

गत चैत ६ गते दुई सय ३५ जना वरिष्ठ उद्योगीहरू प्रधानमन्त्री केपी ओलीको हातबाट टीका लगाएर एमाले पार्टी प्रवेश गर्दा समेत सो दिन एमाले प्रवेश नगरेका अग्रवाल सोको भोलिपल्ट अर्थात् यही चैत ७ गते एमालेमा प्रधानमन्त्रीकै हातबाट टीका लगाएर सुटुक्क प्रवेश गरेका थिए । अग्रवालकै कम्पनीविरुद्ध बालाजु चौकीमा ठगी उजुरी परेको र हार्डवेयरमा कार्यरत कमल शर्मालाई पक्राउ गरी चौकीमा थुनामा राखिएको बालाजु प्रहरी चौकी स्रोतले बतायो ।

शनिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभाग, गुणस्तर तथा नापतौलको टोलीसमेत पुगेपछि डण्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको थियो । वाणिज्य विभागका अनुसार तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको थियो । त्यसपछि सो शाखा नै सिलबन्दी गरेर वाणिज्य तथा आपूर्ति विभागले २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन समेत दिएको छ ।

पछिल्लो समय उद्योगीहरूले आफ्नो राजनीतिक पहुँच बढाउँदै लानुु र यसरी वरिष्ठ उद्योगीले नै चलाएको उद्योगविरुद्ध ठगी मुद्दा पर्नुलाई संयोग हो कि नियत भन्ने समेत प्रश्न खडा भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया