Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२७ सय अंकबाट ओर्लियो सेयर बजार

२७ सय अंकबाट ओर्लियो सेयर बजार

३५ अंकले सेयर बजार ओरालो लाग्दा आठ अर्ब ८० करोडको कारोवार


काठमाडौ ।
सेयर बजार परिसुचक २७ सय अंकबाट तल झरेको छ । यसअघि लगातार बढेर २७ अंकबाट पनि उकालो लागेको बजार परिसुचक यो साता भने सुरुवाती कारोवार दिन नै ३५ दसमलव ८९ अंकले ओरालो लागेर २६ सय ९९ दसमलव ८९ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव २९ अंकले ओरालो लागेर चार सय ८६ दसमलव १६ अंकमा झरेको छ । आज आइतवार १३ वटा उपसमुह अन्तर्गत दुुई सय सात वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ९३ हजार पाँच सय ६८ पटकको कारोवारमा एक करोड ९५ लाख २८ हजार छ सय ५६ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आइतवार कुुल कारोवार रकम आठ अर्ब ८० करोड १८७ लाख तीन हजार दुुई सय १५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आइतवार कारोवार भएका कुल उपसमुह मध्ये सामुुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दसमलव शुन्य छ अंकले उकालो लागेको भएपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा उपसमुृहको सुचक उच्च अंकले ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया