वैदेशिक रोजगार विभाग र सीआईबीबीच सहकार्य
काठमाडौं, पुस २८
वैदेशिक रोजगारीको नाममा हुनसक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले वैदेशिक रोजगार विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृहसचिव प्रेम कुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जका निर्देशक प्रहरी नायब महानिरीक्षक निरज बहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीम कुमार भुसालबीच वैदेशिक रोजगारीको नाममा हुनसक्ने पेशालाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन ६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य समझारीपत्रमा हस्ताक्षर भएको हो ।
गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा वैदेशिक रोजगारीलाई थप वयवस्थित, मर्यादित र शोषणरहित बनाउन तथा वैदेशिक रोजगारको नाममा हुनसक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाल सरकार गृह मन्त्रालय र नेपाल प्रहरीबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस समझदारीबाट गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वय गर्नु पर्ने उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया