Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारललितानिवास जग्गा घोटालाका अभियुक्त गुरुङ राष्ट्रपतिबाट विभूषित

ललितानिवास जग्गा घोटालाका अभियुक्त गुरुङ राष्ट्रपतिबाट विभूषित


काठमाडौं ।
ललितानिवास जग्गा घोटालाका मुख्य अभियुक्त मानिएका भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा सुप्रबल जनसेवाश्रीबाट विभूषित भएका छन् । विभूषण हरेक वर्ष संविधान दिवसको दिन पारेर सरकारको सिफारिसका राष्ट्रपतिमार्फत प्रदान गरिँदै आएको छ ।

बालुवाटारमा भएको सरकारी जग्गा व्यक्तिको नाममा गर्नेमध्येका प्रमुख अभियुक्त मानिएका गुरुङमाथि विशेष अदालतले छानबिन गरिरहेको छ । अदालतको नजरमा अभियुक्त रहेका गुरुङ यसअघि चैत २६ गते नेपाल चेम्बर अफ कमर्सको वार्षिकोत्सवको दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीबाट समेत सम्मानित भएका थिए । अदालतमा भ्रष्टाचार मुद्दामा छानबिन चलिरहँदा राष्ट्रपति तथा प्रधानमन्त्रीले सम्मान गर्नुलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया