बीमा समितिका अध्यक्ष सिलवालले भने– अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तिमार्फत पुँजीवृद्धि गर्नु उचित
काठमाडौं । बीमा समितिका अध्यग्क्ष सूर्य प्रसाद सिलवालले लगानीअनुरुपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तिमार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने बताएका छन् । समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार काठमाडौंमा बीमकको पुँजीवृद्धि तथा मर्जरसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पुँजी बढाउनुप-यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुप-यो । पुँजीवृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।’ कार्यक्रममा अध्यक्ष सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजीवृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नैपर्ने बताए ।
पुँजीवृद्धिका लागि हकपद सेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुप-यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुप-यो । सूचना प्रविधिमैत्री हुनुप-यो । शाखा कार्यालयहरूलाई सुविधासम्पन्न बनाउनुप-यो । दाबी भुक्तानी समयमै हुनुप-यो । लगानीको प्रतिफल पनि बढ्नुप-यो ।’
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पुँजीवृद्धिका लागि थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्तिलगायतका विभिन्न विकल्प हुनसक्ने बताए । कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पंगेनी बीमकको पुँजीवृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र जीवन बीमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया