Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपौने दुई अर्बको सेटिङमा लघुबीमाको लाइसेन्स वितरण गरिँदै

पौने दुई अर्बको सेटिङमा लघुबीमाको लाइसेन्स वितरण गरिँदै


काठमाडौं । बीमा समितिले नयाँ लघुबीमाको लाइसेन्स वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । गत साता बीमा समितिको सञ्चालक समितिको बैठकमा सञ्चालकहरुकै असहमतिका बीचमा अध्यक्ष सूर्य प्रसाद सिलवालले सात वटा नयाँ लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गराएका छन् ।

बीमा समितिका अध्यक्ष सिलवालले यसअघि हिमालयन रिलाई लाइसेन्स दिएकै शैलीमा सेटिङमा लाइसेन्स दिनलागेका हुन् । सञ्चालक समितिबाट निर्णय गराइसकेकोले सार्वजनिक सूचनामार्फत नयाँ सातवटा लघुबीमाको लाइसेन्सको लागि प्रस्ताव आह्वान हुनेछ । सोही प्रस्तावको कर्मकाण्ड पूरा गरेर सेटिङमा नयाँ कम्पनीहरुलाई लाइसेन्स दिने अन्तिम तयारी भइसकेको छ ।

लघुबीमाको लाइसेन्स खुल्ला गर्नुअघि बुधबार र बिहीबार अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सिलवाल र समितिका उच्च पदाधिकारीलाई अर्थ मन्त्रालयमा बसेर घुस रकम लेनदेन गर्ने सम्बन्धमा सेटिङ गरेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । दुई दिनसम्म लगातार भएको छलफलपछि नयाँ दर्ता हुन आउने सातवटा कम्पनीको चुक्ता पुँजी ७५ करोड बनाउने र २५ करोड रुपैयाँ घुस रकम माग गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

नयाँ लाइसेन्स वितरणबापत एक अर्ब ७५ करोड रुपैयाँ चुनाव खर्च जुटाउने भन्दै जनार्दनले बीमा समितिलाई तत्काल यससम्बन्धी सबै निर्णयहरु पूरा गर्न निर्देशन दिएको बताइएको छ । बीमा समितिमा एक उच्च अधिकारीले लघुबीमाको नयाँ लाइसेन्स वितरण गर्न अर्थमन्त्री शर्माले दबाब दिएको पुष्टि गरेका छन् ।

शनिबार साँझ बीमा समिति सम्बद्ध उच्च स्रोतले भन्यो, ‘माथिको आदेश आएपछि हाम्रो केही जोर चलेन गोरखापत्रमा सूचना प्रकाशन गर्न तयारी अवस्थामा छ ।’बीमा समितिका कर्मचारीहरुले नयाँ बीमा ऐन अन्तिम चरणमा पुगेको र नयाँ बीमा ऐनअनुसार लाइसेन्स दिँदा उत्तम हुनेमा अहिले लाइसेन्सको हतारो किन परेको भन्दै मन्त्री शर्मामाथि प्रश्न गरेका छन् ।

नयाँ लघुबीमाको लाइसेन्सबापत उठ्ने रकम मन्त्री शर्माले आफ्ना नातेदारलाई व्यवस्थापन गर्न बीमा समितिका अध्यक्ष सिलवाललाई निर्देशन दिएको जनाइए पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x