‘अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन’
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा समस्या देखिए पनि काबुभन्दा बाहिर गई नसकेको बताएका छन् । खस्किँदो अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउन आफूले प्रयत्न गर्ने उनको भनाइ छ ।
‘अर्थतन्त्रको स्थिति काबुबाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै छन् । त्यसमा केही मिसह्याण्डलिङ पक्कै भएको हो । यद्यपि सावधानी रुपमा ठीक ढंगले अघि बढ्यौँ भने हामीले चाँडै सुधार गर्न सक्छौँ’, उनले भने । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा उनले अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउने भएकोले अर्थतन्त्रमा रहेका समस्यालाई ठीक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्ने बताए । सबल अर्थतन्त्र निर्माणका लागि एक एक इँटा थप्दै जाने काम गर्नुपर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए । संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सरकारसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया