विदेशी श्रमिकको संख्यामा वृद्धि
नेपालमा दश हजार दक्ष विदेशी श्रमिकमध्ये चिनियाँ मात्रै सात हजार बढी
काठमाडौं । विदेशी दक्ष श्रमिकका लागि नेपाल उपयुक्त मुलुक बन्दै आएको छ । विशेष गरी सीमा जोडिएका चीन र भारतपछि विकसित मुलुकका दक्ष श्रमिकहरु समेत नेपाल आउन रुचि देखाउँछन् ।
नेपालमा आउने विदेशी श्रमिक अधिकांश दक्ष हुनुमा भने नेपाल सरकारको बाध्यकारी व्यवस्था प्रमुख कारक हो । दक्ष विदेशी श्रमिक मात्र नेपाल भित्रिन पाउने कानुनी व्यवस्थाका कारण दक्ष विदेशी कामदार आउने गरेका श्रम तथा व्यवसायजन्य सुरक्षा विभ(ागका महानिर्देशक कृष्ण प्रसाद ज्ञवालीले बताए ।
उनले मुलुकमा सञ्चालन भएका विभिन्न परियोजनाहरुमा स्वयं ती आयोजनाका अधिकारीहरुले विदेशी श्रमिकसँग सम्झौता गरी ल्याउने गरेको बताए । ‘स्वदेशमा ती दक्ष जनशक्ति हुँदैनन्, त्यसैले गर्दा उनीहरुलाई ऊर्जा, नागरिक उड्डयनलगायतका क्षेत्रमा तथा विविध प्रकारका इन्जिनियर, चिकित्सकलगायतका सदस्यहरु ल्याउने गरेका छन्’, उनले भने, ‘आयोजनाहरुले ल्याएको दक्ष श्रमिकहरुलाई हामीले श्रम स्वीकृति दिने गरेका छौँ ।’
चालू आर्थिक वर्षको पुस १३ गते बुधबारसम्ममा १० हजार ९३ जना विदेशी श्रमिक काम गर्नका लागि नेपाल आएको विभागले जानकारी दिएको छ । जसमा आठ हजार नौ सय २६ जना पुरुष र एक हजार एक सय ६७ जना महिला रहेका छन् ।
श्रम स्वीकृति नवीकरण गर्नेमा भने तीन हजार छ सय १३ जना र नयाँ श्रम स्वीकृति लिनेमा छ हजार चार सय ८० जना रहेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा सात सय ९४ जना विदेशी श्रमिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका थिए । जसमा चार सय एक जनालाई नयाँ श्रम स्वीकृति र तीन सय ९३ जनाले श्रम स्वीकृति नवीकरण गरेका थिए ।
विभागले उपलब्ध गराएको तथ्यांकअनुरुप नेपालमा चीन–भारत, जापानदेखि जर्मनी, अमेरिका, केनियालगायत करिब अधिकांश महादेशबाट काम गर्नका लागि विदेशी श्रमिक आउने गरेका छन् । सबैभन्दा धेरै संख्यामा यस चालू आर्थिक वर्षमा चिनियाँ र बेलायती श्रमिक रहेको देखिन्छ । सात हजार दुई सय सात जना चिनियाँ र चार सय ८४ जना बेलायती दक्ष कामदार यहाँ कार्यरत रहेको श्रम तथा सुरक्षाजन्य विभागले जनाएको छ । त्यसैगरी, तीन सय १९ जना अमेरिकी, दुई सय २० जना भारतीय, दुई सय २१ जना दक्षिण कोरियाली, एक सय ७३ जना जापानी, एक सय ११ जना अष्ट्रेलिया ९७ जना, ८७ जना जर्मनी, ७९ जना इटलियन र ७८ जना फ्रान्सेली, ९५ जना श्रीलंकन, ७८ जना फिलिपिनी र ३६ जना स्पेनी दक्ष कामदार यहाँ कार्यरत छन् । नाइजेरियन ४३ जना, भेनेजुयला सात जना, युगान्डा तीन जना, सर्बिया दुई जना दक्ष कामदार यहाँ कार्यरत छन् ।
निर्देशक ज्ञवालीले चिनियाँ सहयोगको परियोजना सञ्चालन भएको हुँदा चिनियाँ श्रमिकको संख्या बढी भएको बताए । ‘तत्काल मात्र होइन यसभन्दा पनि अघि पनि सडक, ऊर्जालगायतका विभिन्न परियोजनामा चिनियाँ सहयोगबाट सञ्चालित भएको हुँदा त्यसमा चिनियाँ श्रमिक कार्यरत थिए जसले गर्दा उनीहरुको संख्या बढी भएको हो’, उनले भने, ‘परियोजना समाप्त भएपछि पनि यहाँ काम गर्न इच्छुक हुँदा चिनियाँ, अमेरिकी मुलुकका श्रमिकको संख्या बढ्दो रहेको हो ।’
विदेशी श्रमिकको संख्या बढ्दा यसको आपूर्तिकर्ता समेत बढ्दै गएको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म दुई सय तीनवटा आपूर्तिकर्ता संस्था छ । जसमा २० वटा नयाँ र एक सय ८३ वटा पुराना (नवीकरण) संस्थाहरु हुन् । ती संस्थाहरुले विदेशी श्रमिक ल्याउन सहजीकरणका साथै श्रम स्वीकृति, टिकट व्यवस्थापनलगायतका काम गर्दै आएका छन् ।
विदेशी नागरिकहरु नेपालमा बस्नु वा काम गरेर बस्न खोज्नुको कारण भने यहाँको शान्त, सुरक्षित वातावरण र सस्तो बसाइ समेत रहेको बताइन्छ । जसले गर्दा श्रम स्वीकृति तथा नवीकरण गरेर उनीहरु बस्नुको साथै आफना परिवार तथा साथीलाई बोलाउने गरेको पाइन्छ । यसका बाबजुद पनि पर्याप्त रोजगारीको अवसर नहुँदा लामो समय बस्न नसक्ने/नपाउने कारण रहेको स्वयं विदेशीहरु बताउँछन् । उनीहरुले श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५ बमोजिम विदेशी नागरिकले श्रम स्वीकृति लिने गरेको पाइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया