काठमाडौंं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार मकवानपुरको साबिक हर्नामाडी गाविस वडा नं ५ परिवर्तित हेटौंडा घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएका ५६ वर्षीय सरोज कार्कीलाई पक्राउ गरिएको हो ।
प्रवक्ता कोइरालाका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ असोज ३१ गते भएको फैसलामा पाँच लाख ५० हजार रुपैयाँ जरिवाना, दुई दिन कैद र २२ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने फैसला भएको थियो । उक्त फैसलापश्चात् फरार रहेका कार्कीलाई बुधबार ललितपुरको चापागाउँ दोबाटोबाट पक्राउ गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । पक्राउ परेका कार्कीलाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया