Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त


जनकपुरधाम । मधेश प्रदेशको दोस्रो मुख्यमन्त्रीमा पूर्वसभामुख सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेशप्रमुख हरिशंकर मिश्रले प्रदेशको मुख्यमन्त्रीमा बुधबार जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गरेका हुन् ।

मधेश प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि दाबी पेस गर्नका लागि प्रदेशप्रमुख हरिशंकर मिश्रले पुस २२ गते आह्वान गरेका थिए । सोहीबमोजिम जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाल नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र प्रदेश सभाका सदस्यहरूले सरकार गठनको लागि बुधबार दाबी पेस गरेका थिए । ६३ जना प्रदेशसभाको समर्थनसहित यादवले प्रदेशप्रमुख समक्ष सरकार बनाउनका लागि दाबी पेस गरेपछि प्रदेशप्रमुख मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा दाबी गर्नका लागि जनता समाजवादी पार्टीका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतसहितका व्यक्तिहरू प्रदेश प्रमुखको निजी सचिवालयमा पुगेका थिए ।

नवनियुक्त मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारका लागि धेरै चुनौतीहरू भएकाले सहकार्य गरेका सबै दलहरूसँग मिलेर चुनौतीको समाधान गर्दै प्रदेशको समृद्धि र विकासको पक्षमा कामकाज गर्ने बताए । उनले प्रदेशमा भ्रष्टाचार बढेकाले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापनाका लागि सक्दो प्रयास गर्ने उल्लेख गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया