अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
३९ लाख जरिवाना, तीन वर्ष तीन महिना कैद गर्ने फैसला
काठमाडौं,विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको छ ।
अदालतले नेपाल इञ्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र ३९ लाख जरिवाना गर्ने पनि फैसला सुनाएको छ । पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजको जग्गा विवादमा ७८ लाख घुस लिएको खुलासा भएपछि विवाद भएको थियो । उक्त प्रकरणबाट बच्नका लागि पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए । अख्तियारले राजीनामा दिएपछि पाठकमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो । अदाललते बिहीबार यसबारे फैसला गर्दै दोषी ठहर गरेको हो ।
आरोप लागेको तीन वर्ष बढी समयपछि उनी भ्रष्टाचारी ठहर भएका हुन् । पाठकले घुस लिएको अडियो र भिडिओहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित प्रसारित भएको थियो । सोसँगै उनी निलम्बनमा परेका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै मुद्दा अघि बढाएको थियो । भ्रष्टाचार निवारण गर्ने निकाय अख्तियारमै रहेका कारण उनलाई थप तीन महिना बढी कैद सजाय भएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया