Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशकर्णाली करिडोर कालोपत्र हुने

कर्णाली करिडोर कालोपत्र हुने


मान्म । कर्णाली करिडोर कालोपत्र हुने भएको छ । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्र हुने भएको हो ।

कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको छ । कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्र गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले राससलाई बताए । “खुलालु लैफु हुँदै सलीसल्लासम्मको सडकलाई कालोपत्र गर्ने कार्य थालनी भएको छ”, उनले भने, “पहिलोपटक सडक कालोपत्र हुन लागेको हो ।”

कालोपत्रका लागि सडक विभागले डिपिआर तयार गर्ने कार्य पूरा भएको र आगामी आवमा सडक कालोपत्र गर्ने कार्य सुरु हुने आयोजना प्रमुख यादवले जानकारी दिए । “कालोपत्र सडक दुई लेनको हुनेछ, डिपिआर चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरेलगत्तै काम सुरु हुनेछ”, उनले भने, “बजेटको लागत अनुमान भइरहेको छ, आगामी आवमा बजेटको व्यवस्था भएर कालोपत्रको काम सुरु हुन्छ ।” कालीकोटदेखि हुम्लाको सलिसल्लासम्मको लम्बाइ एक सय २२ किलोमिटर रहेको र कालोपत्र गर्न कम्तीमा चारदेखि पाँच वर्ष लाग्ने प्रमुख यादवले बताए ।

कालोपत्र गर्न पूर्वका सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य भइरहेको र यसका लागि छ वटा निर्माण कम्पनीमार्फत काम भइरहेको यादवले जानकारी दिए । “रु. आठ करोड लगानीमा अहिले सडक सुधारको काम भइरहेको छ”, उनले भने ।


क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, समाचार

तपाईको प्रतिक्रिया