Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबैतेश्वरमा बोलेरो दुर्घटना हुँदा १९ जना घाइते

बैतेश्वरमा बोलेरो दुर्घटना हुँदा १९ जना घाइते


दोलखा ।  जिल्लाको बैतेश्वर गाउँपालिका–६ नाम्दु डाँडागाउँमा बोलेरो दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । मंगलबार दिउँसो बैतेश्वरको वडा नम्बर–६ को वडा कार्यालयबाट मैनापोखरीतर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा सवार २५ जनामध्ये १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय मैनापोखरीले जनाएको छ । घाइते १९ मध्ये छ जनाको शरीरमा गम्भीर चोट लागेकोले उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरूको बैतेश्वर अस्पताल र दहाल मेडिकल सेन्टरमा प्राथमिक उपचारपछि काठमाडौं पठाइएको हो ।

गम्भीर घाइते हुनेहरूमा बैतेश्वर–२ का सुनकुमार तामाङ, वडा–३ का शम्भु दाहाल, गाडी चालक लिलाबहादुर दाहाल, बैतेश्वर– ६ का कौशल नेपाली, सुनिता नेपाली, टुल्के नेपाली र रबिना नेपाली रहेका छन् । यस्तै सामान्य घाइते भएका १३ जना भने बैतेश्वर अस्पताल र दाहाल मेडिकल सेन्टरमा उपचार सकेर घर फर्किएका छन् ।

गम्भीर घाइतेहरूको धेरैजसोको टाउकोमा गम्भीर चोट लागेको छ । यस्तै हात र शरीरका विभिन्न हड्डी भाँचिएको इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी इन्चार्ज विर बहादुर कार्कीले जानकारी दिए । बोलेरो ओभर लोडका कारण चरीकोट–जिरी सडकखण्डको डाँडा गाउँ घुम्तीमा मोड्ने क्रममा पल्टिएको हो ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया