Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकको पुँजी वृद्धिसम्बन्धी नीति प्रभावकारी

राष्ट्र बैंकको पुँजी वृद्धिसम्बन्धी नीति प्रभावकारी


सुरेश राउत
काठमाडौं, चैत ७
नेपाल राष्ट्र बैंकले पाँच वर्षअघि सुुरु गरेको चुक्ता पुँजी वृद्धिसम्बन्धी नीति प्रभावकारी देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीतिमार्फत तत्कालीन समयमा कायम रहेको चुक्ता पुँजीलाई चार गुुणासम्म वृद्धि गर्न निर्देशन दिएको थियो । उक्त समयमा दिएको निर्देशनअनुसार वाणिज्य बैंकहरुले न्यूनतम चुक्ता पुँजी आठ अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुले दुुई अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले एक अर्ब २० करोड, एकदेखि तीनवटा जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले ५० करोड राष्ट्रियस्तरका र चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ८० करोड एवं एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ४० करोड रुपैयाँ चुक्ता पुँजी पु-याउनुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पूर्णरुपमा कार्यान्वयनमा आउँदा अहिले लघुुवित्त संस्थाबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुँजी बढेर तीन खर्ब २० अर्ब १२ करोड २० लाख रुपैयाँ पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा २७ वटा वाणिज्य बैंकहरुको मात्र चुुक्ता पुँजी दुुई खर्ब ७७ अर्ब रुपैयाँ पुुगेको छ । सञ्चालनमा रहेका क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंकहरुको चुक्ता पुँजी भने ४० अर्ब २५ करोड ३० लाख रुपैयाँ पुुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनाको अवधिमा सञ्चालनमा रहेका २२ वटा फाइनान्स कम्पनीहरुको मात्र चुक्ता पुँजी १३ अर्ब ९२ करोड २० लाख रुपैयाँ पुुगेको छ ।

राष्ट्र बैंकका अनुसार एक वर्षअघि अर्थात् गत आर्थिक वर्षको माघ मसान्तमा भने २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका ३३ वटा विकास बैंक एवं २४ वटा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुँजी दुई खर्ब ९८ अर्ब ७३ करोड ५९ लाख रुपैयाँ रहेको थियो । उक्त अवधिमा वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी दुुई खर्ब ४५ अर्ब २३ करोड ९८ लाख ९० हजार रुपैयाँ रहेको थियो भने विकास बैंकहरुको चुक्ता पुँजी ३९ अर्ब ६० करोड ७८ लाख ८० हजार रुपैयाँ रहेको थियो । उक्त अवधिमा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुँजी भने १३ अर्ब ८८ करोड ८० लाख ५० हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x