पत्रकार महासङ्घद्वारा पुरस्कार घोषणा
दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले विभिन्न पुरस्कारको घोषणा गरेको छ । शाखाको शुक्रबार बसेको बैठकले शाखामा स्थापना भएका विभिन्न पुरस्कारका लागि व्यक्तित्वको घोषणा गरेको हो ।
शाखाको बैठकले सात वटा विभिन्न पुरस्कारका लागि पुरस्कृत पत्रकारको नामावली घोषणा गरेको शाखाका सचिव प्रताप रानाले राससलाई बताए । शाखामा स्थापना गरिएको रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु. पाँच हजार रहेको छ ।
शाखाले टीकानिधि ढुङ्गाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु. दश हजार रहेको छ । स्व. भवानी खनाल पत्रकारिता पुरस्कार शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु. १५ हजार रहेको छ ।
चिरणहरि पत्रकारिता पुरस्कार पत्रकार सानेबहादुर नेपालीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु. दश हजार रहेको छ ।
त्यस्तै भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु. दश हजार रहेको छ । पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार पत्रकार पवन पौडेललाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु. दश हजार रहेको छ ।
सबै पुरस्कार शाखाको स्थापना दिवसको अवसरमा चैत १६ गते आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । बैठकले तनहुँबाट निर्वाचित प्रतिनिधिसभासदस्य रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकामा बधाई ज्ञापन गरेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया