सगरमाथा क्षेत्रमा ७० किलोमिटर म्याराथन हुने
सोलुखुम्बु । विश्वभर सर्वाधिक चासोका रूपमा हेरिने एभरेस्ट म्याराथनमा यसपटक ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रासहित तीन विधामा दौड प्रतियोगिता हुनेभएको छ ।
विश्वकै अग्लो चुचुरो सगरमाथामा पहिलो मानव पाइला पुगेको ७० वर्षको अवसरमा यस पटक ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रा म्याराथन हुने हिमालय एक्सीपिडिसनले जनाएको छ । १८औँ एभरेस्ट म्याराथन संस्करण २०८० जेठ १५ गते सगरमाथा दिवसका दिन हुनेछ । यो म्याराथन सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चेबजारमा टुंगिने आयोजकले जनाएको छ ।
सरगमाथा चुचुरोमा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेको मे २९ (जेठ १५) का दिन पहिलो पटक ७० किलोमिटर लामो म्याराथन आयोजना गर्ने घोषणा गरिएको म्याराथनका संस्थापक समेत रहेका पर्यटन व्यवसायी विक्रम पाँडे काजीले बताए । आयोजकले ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रा म्याराथनको पुरस्कार राशि केही दिनमै घोषणा गरिने जनाएको छ ।
एभरेस्ट म्याराथनमा सहभागी हुन नेपालीलाई २५ हजार रूपैयाँ र विदेशीलाई पाँच सय अमेरिकी डलर शुल्क लाग्ने आयोजकले जनाएको छ । सोही दिन खुम्बु क्षेत्रमा विभिन्न मुलुकका राजदूतहरूसँगै लालीगुराँसका करिब चार सय बिरुवा पनि रोप्ने कार्यक्रम तय भएको छ । यस दौडमा विश्वचर्चित अल्ट्रा धावक नेपालकी मिरा राई र भारतको कालिङपोङकी अल्ट्राधावक रोशनी राईले सहभागिता जनाउने भइसकेका छन् ।
क्याटेगोरी : खेलकुद, प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया