पुँजी वृद्धिमा बैंकहरूलाई सफलता
बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी चार खर्ब २४ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी पछिल्लो अवधिमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको यही माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा बैंक तथा वित्तीय संस्थाहरुले कुल चार खर्ब २४ अर्ब ८२ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुले कायम गरेको कुल चुक्ता पुँजी भने चार खर्ब आठ अर्ब २६ करोड ४० लाख रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले मात्र कायम गरेको कुल चुक्ता पुँजी भने तीन खर्ब ७० अर्ब ४७ करोड ३० लाख रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी आठ अर्ब रुपैयाँ हुनुपर्ने र सो अनुसार धेरैजसो वाणिज्य बैंकहरुले मर्जर, प्राप्ति, बोनस तथा हकप्रद सेयर जारी गरेर हालकै अवस्थामा पनि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा निकै बढी चुक्ता पुँजी बनाएका कारण पनि बैंकहरुले चुक्ता पुँजी बढेको हो । अहिले अहिले सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुमा स्ट्यान्टर्ड चार्टर्ड बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक आदिको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा माथि छ । यीबाहेकका नबिल, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई आदि बैंकको चुक्ता पुँजी भने २० देखि ३४ अर्ब रुपैयाँसम्म छ । यसले गर्दा पनि वाणिज्य बैंकहरुको चुक्ता पुँजी पछिल्लो समय निकै बढेको हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको यस्तो चुक्ता पुँजी तीन खर्ब ५९ अर्ब ८० करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा विकास बैंकहरुले कायम गरेको कुल चुक्ता पुँजी भने ३९ अर्ब ४९ करोड ८० लाख रुपैयाँ छ । राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुको लागि न्यूनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँभन्दा माथि हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि विकास बैंकहरुको चुक्ता पुँजी पनि बढेको हो । गत आवको सोही अवधिमा भने विकास बैंकहरुको यस्तो चुक्ता पुँजी १४ अर्ब ८५ करोड ८० लाख रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी पनि बढेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुको हकमा न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याएसँगै फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी बढेको हो । सो अनुसार चालू आवको पछिल्लो सात महिनाको अवधिमा फाइनान्स कम्पनीहरुले १४ अर्ब ८५ करोड ८० लाख रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले कायम गरेको यस्तो चुक्ता पुँजी १३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया