Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशविराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार


काठमाडौं । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो ।

प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन केही अश्रु ग्याँस समेत प्रहार गरेको छ । नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज दिउँसो प्रदेश कार्यालय अगाडि गरेको प्रदर्शनमा प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् ।

पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् ।  सोही आन्दोलनका क्रममा ५ चैतमा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार


तपाईको प्रतिक्रिया