भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल
चितवन । भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगत लामो समयदेखि गरिएको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सकारात्मक पहलमा भरतपुर अस्पताललाई न्याम्सको आङ्गिक शिक्षण अस्पताल बनाउन सकिएको बताइन् । “यसले अस्पतालको गुणस्तर बढाउनुका साथै भरतपुरलाई मेडिकल सिटी बनाउनसमेत सहयोग गर्ने छ । यहाँबाट विद्यार्थीले अध्ययन गर्न पनि पाउने छन्”, उनले भनिन् ।
गतवर्ष अस्पतालको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री दाहालले अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्ने बताएका थिए । मन्त्रीपरिषद्को उक्त निर्णयसँगै बिरामीले २४ सैँ घण्टा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अहिले पनि न्याम्सका कार्यक्रम आंशिक रुपमा सञ्चालन हुँदै आएको बताउँदै अब आङ्गिक बनेसँगै सबै कार्यक्रम पूर्णकालीन सञ्चालन हुने राससलाई जानकारी दिए । उनले भने “न्याम्ससँग पूर्णकालीन गर्ने यसअघि सम्झौता भइसकेको छ । मन्त्रीपरिषद्को यो निर्णयसँगै एमडि एमएसका कार्यक्रम धेरै र लामो समयसम्मका लागि आउँछन् । यहाँका चिकित्सकलाई प्राध्यापनको अनुमति दिनुपर्छ”, उनले भने ।
अस्पतालका निवर्तमान अध्यक्ष डा. भोजराज अधिकारीले सबैको अथक मेहनतका साथ भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न सम्भव भएको बताए । उनले भने, “१२ वर्ष अघिदेखिको सपना पूरा भएकोमा हर्षित छु । हामी सबै मिलेर सरकारको यो ऐतिहासिक निर्णयलाई कार्यान्वयन गरी मेडिकल सिटी बनाउन थप योगदान गरौँ ।”
भरतपुर अस्पताल अहिले केन्द्रीय अस्पतालको रूपमा सञ्चालनमा छ । शिक्षण अस्पताल बनाउन माग गर्दै वर्तमान अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. पौडेल, निवर्तमान अध्यक्ष डा. अधिकारीलगायतको टोलीले केही दिन पहिले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरेका थिए । अस्पतालका अध्यक्ष पौडेलले शिक्षण अस्पताल बनेसँगै एमडी÷एमएससहित विभिन्न विधामा अध्यापन गराइ नेपालकै उत्कृष्ट अस्पताल बनाउने सपना रहेको बताए। उनले शिक्षण अस्पताल बनाउन सहमति दिएकोमा सरकारलाई विशेष धन्यवाद दिए ।
भरतपुर अस्पतालमा २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यो अस्पताल राजधानी बाहिरको नमुना अस्पतालको रूपमा विकास हुँदै गएको छ । शिक्षण अस्पताल बनेसँगै चिकित्सक विज्ञानमा स्नातकोत्तर अध्ययन गर्नेहरुले २४ घण्टा बिरामीको सेवा गर्नेछन् ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया