Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा समितिद्वारा बीमा कम्पनीहरूलाई किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन

बीमा समितिद्वारा बीमा कम्पनीहरूलाई किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन


काठमाडौं, चैत १२
बीमा समितिले बीमा कम्पनीहरूलाई किस्तामा ब्याज नलाग्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । समितिले सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरू र २० वटा निर्जीवन बीमा कम्पनीहरू समेतको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवसथा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

बीमा समितिले परिपत्रमार्फत भनेको छ, विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सरकारले अत्यावस्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरूले बीमालेखको अवधि समाप्त हुुनुुअघि नै बीमितलाई पर्याप्त सूचना उपलब्ध गराई सुसूचित गर्नका साथै बीमालेख जारी गर्दा वा नवीकरण गर्दा जुुनसुकै माध्यमबाट बीमा शुल्क संकलन गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

यसैगरी जीवन बीमातर्फ पनि हाल भुक्तानी गर्नुुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया