Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड–१९ विरोधी लडाइँमा भाटभटेनी समूहबाट एक करोड सहयोग

कोभिड–१९ विरोधी लडाइँमा भाटभटेनी समूहबाट एक करोड सहयोग


काठमाडौं, चैत १२
मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाइँमा तत्काल एक करोड रूपैयाँ खर्च गर्ने भएको छ । भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए । ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ,’ गुरुङले भने, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौँ, कोषले आवश्यकताअनुसार परिचालन गर्नेछ ।’

विपद्को घडीमा समूहले थप सहयोगको विषयमा पनि सोच बनाएको उनले बताए । ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं । यसपालि पनि त्यसका लागि तयार छौँ,’ उनले भने । विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको सन्दर्भमा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पु-याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ ।

भाटभटेनी समूहले विपद्को अवस्थामा यस किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । विगतमा मुलुक भूकम्प, बाढीपहिरोजस्ता दैवी विपत्तिको चपेटामा परेको बेला पनि सहयोग गर्दै आएको छ । यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेनदार विद्यार्थीलाई मेडिकल साइन्स अध्ययनका लागि छात्रवृत्तिसमेत उलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया