चीनबाट आयो कोरोना परीक्षण गर्ने औजार र रोकथाम सामग्री
काठमाण्डौं,फागुन १६
चीन सरकारले पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्ने, स्वास्थ्यकर्मीहरुले लगाउने विशेष प्रकारको कपडा र भाइरसको रोकथाम गर्ने औषधि नेपाललाई पठाएको छ । चीनले दिएको सामग्री लिन शनिबार निगमको वाइडबडी–४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वान्झाउ गएको थियो । उक्त विमान सामान बोकेर राति १ बजे आइपुग्ने पर्यटन मन्त्रालयले जनाएको छ । नेपालमा पर्याप्त मात्रामा कोरोना भाइरस संक्रमण भए वा नभएको जाँच गर्ने उपकरण (किट)को अभाव छ । सोही कारण नेपालमा चाहनेले पनि कोरोना भाइरसको परीक्षण गर्न पाएका छैनन् । नेपालले चीनको अतिरिक्त भारतसँग पनि त्यस्ता सामग्री मागेको छ । तर, भारतले भने सामग्रीको साथै स्वास्थ्यकर्मीको टोली नै पठाउने भनेपछि नेपालले त्यसलाई स्वीकार गरिसकेको छैन । नेपालले पहिलो चरणमा परीक्षण गर्ने किट चाहिएको भन्दै नेपालमा धेरै कोरोना भाइरस पीडितहरु पत्ता लागेमा मात्र स्वास्थ्यकर्मी चाहिने बताएको छ ।
अहिले नेपालमा आफ्नो बहसमै कोरोना भाइरस रहेको सरकारको दाबी छ । नेपालमा पर्याप्त कोरोना भाइरस परीक्षण गर्ने किट आएपछि मात्र वास्तविक पीडित पत्ता लाग्नेछ । चीनबाट आएको किटले कोरोना संक्रमितको एकीन तथ्यांक आउने सरकारको दाबी छ । उक्त किट आएपछि सरकारले काठमाडौंबाहिर पनि परीक्षण गर्ने छ । चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउने भनेपछि विमान पठाइएको हो । कोरोना परीक्षण गर्दा चिकित्सकहरुले लगाउने निजी सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायतका सामग्रीको नेपालमा चरम अभाव छ । निजी क्षेत्रले पनि त्यस्ता सामग्री नेपालमा ल्याउने तयारी गरेका छन् । कतिपयले विदेशमा सामान खरिद गरिसके पनि उनीहरुले ल्याउनका लागि विमान पाएका छैनन् । अब निजी क्षेत्रले पनि नेपाल वायुसेवा निगमकै विमानबाट कोरोनासँग सम्बन्धित सामग्री ल्याउने तयारी गरेका छन् । निजी क्षेत्रका व्यवसायीहरुले सामग्री ल्याएपछि सरकारले उनीहरुबाटै खरिद गर्ने योजना बनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
- मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
- प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने
- जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
- युरोपियन युनियनका राजदूतको परराष्ट्रमन्त्री डा. राणासँग शिष्टाचार भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया