Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्वारेन्टाइनमा नबसी लापरबाही गरे कारबाही

क्वारेन्टाइनमा नबसी लापरबाही गरे कारबाही


काठमाण्डौं,चैत १७
तपाईं विदेशबाट फर्किनुभएको छ वा कोरोना सङ्क्रमित मुलुकबाट भर्खरै आउनुभएको छ ? तपाईंलाई कोरोनासँग मिल्दो जुल्दो कुनै लक्षण देखिएको छ ? यदि छ भने तपाईं क्वारेन्टाइनमा बसिहाल्नुस् । तपाईंले लापरबाही गरिरहनुभएको छ भने अब तपाईलाई सुरक्षाकर्मीले पक्राउ गर्न सक्नेछ । लुकीछिपी आफू पनि जोखिममा पर्नुभएको छ, घर परिवार, समाज र राष्ट्रकै विरुद्ध लागि रहनुभएको छ भन्ने निष्कर्षका साथ प्रहरीले त्यस्ता व्यक्तिलाई तत्काल पक्राउ गरी जेल सजायसमेत गर्नसक्नेछ । सरकारले ‘सङ्क्रमण रोग ऐन’अनुसार त्यस्ता व्यक्तिलाई कडा कारवाही गर्ने भएको छ । आशङ्कामा रहेका कुनै व्यक्ति तपाईको घर समाज नजिक लुकीछिपी बसेका छन् भने त्यस्ता व्यक्तिलाई समेत कारवाही हुने भएको छ । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले क्वारेन्टाइनमा बसेका वा कुनै पनि आशङ्का देखिएका व्यक्ति सूचना नदिएर लुकेर गाँउघरमा बस्ने सम्पर्कमा नआउने प्रवृत्ति बढेको पाइएकाले कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने, ‘क्वारेन्टाइनमा बसेका केही व्यक्ति भागेको वा नबसेको भन्ने पाइएकाले सङ्क्रमण रोग ऐनअनुसार कारबाही गर्ने निर्णय भएको छ ।” लापरबाही बढेको पाइएकाले कैद सजायदेखि अन्य कडा कारवाही हुने सचिव रेग्मीको भनाइ छ । केही जिल्लामा क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको, लापरवाही गरेको पाइएकाले जोखिम बढ्न सक्ने देखिएको भन्दै समितिले त्यस्तो निर्णय गरेको हो । यस्तै सरकारले आपूर्ति व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने र त्यसका लागि सुरक्षाकर्मीको समेत सहयोग लिने निर्णय गरेको छ । आपूर्ति प्रणालीलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने र त्यसका लागि सम्बद्ध सरोकार भएका सबै निकायलाई समेत प्रभावकारी तवरले परिचालन गर्ने निर्णय भएको सचिव बिडारीको भनाइ छ ।

मापदण्डअनुसार क्वारेन्टाइनदेशभर निर्माण भएका क्वारेन्टाइनलाई मापदण्डअनुसार नै सञ्चालन गर्ने निर्णय भएको छ । देशभर जति पनि क्वारेन्टाइन निर्माण भएका छन्, ती मापदण्डअनुसार नै सञ्चालन गरिनेछ । त्यसका लागि सुरक्षाकर्मीको सहयोगबाट गर्ने व्यवस्थित गर्नसमेत समितिले निर्देश गरेको छ । विदेशमा रहेका विद्यार्थी जहा“ छन् त्यही“समितिले विदेशमा रहेका विद्यार्थी जुन देशमा छन्, त्यही देशमा नै सुरक्षित रहन सरकारले अनुरोध गरेको छ । “हालको विषम् अवस्थामा विद्यार्थी जुन स्थानमा छन्, त्यहीँ सुरक्षित रहन आग्रह गरिएको छ”, सचिव बिँडारीले भने, “विद्यार्थीलाई आवश्यक पर्ने खर्च नेपाल राष्ट्र बैंकमार्फत अभिभावकले पाठाउन सक्नेछन् ।” विद्यार्थी जहाँ जहाँ रहेका छन्, त्यहीँ रहन भनिएको छ । अवस्था सामान्य भएपछि मात्रै ती विद्यार्थीलाई नेपाल फर्कने सक्ने गरी निर्णय गरिएको उनले जानकारी दिए ।
अलपत्र नेपालीलाई प्रवेश दिइनेभारतबाट नेपाल आएर सीमामा अलपत्र परेका नेपाली नागरिकलाई परिचयपत्र हेरेर नेपाल आउन दिने निर्णय भएको छ । भारतका सुरक्षाकर्मीले नेपाल पठाएको, तर नेपाल प्रवेश गर्न नपाएका नागरिकलाई परिचयपत्र हेरेर, तोकिएको समयसम्म क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित प्रवेशको अनुमति दिइएको छ । केही नेपाली नागरिक अझै पनि प्रवेश पाउने प्रतिक्षामा दशगजा क्षेत्रमा अलपत्र रहेका छन् । ती नेपाली नागरिकलाई प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा नजिकको क्वारेन्टाइनमा बस्ने प्रबन्ध गर्नसमेत समितिले आग्रह गरेको छ । सचिव बिँडारीले भने, “परिचयपत्रका आधारमा पहिचान गरेर नजिकको क्वारेन्टाइनमा रहने गरेर ती नागरिकको लगत लिएर नेपाल प्रवेश गर्न दिइनेछ ।” दशगजामा राख्न उपयुक्त नभएकाले प्रदेश र स्थानीय तहको समन्वयमा नेपाल आउन दिइनेछ । राहतको विषयमा अर्थले निर्णय गर्ने कोरोना सङ्क्रमणको पर्ने प्रभाव तथा दैनिक ज्यालादारीका काम गर्ने मजदूरलाई दिने राहतका विषयमा अर्थ मन्त्रालयले आवश्यक छलफल गरिरहेको छ ।

राहत प्याकेजका विषयमा ‘वर्क आउट’ गरेर सरोकारावाला पक्षलाई ध्यान दिएर निर्णय गरिएको छ । राहतको विषयमा वर्क आउट गरेर आवश्यक निर्णय गरिने सचिव बिडारीको भनाइ छ । लकडाउनको विषयमा दैनिक ज्यालादारीमा काम गर्ने सबैभन्दा बढी प्रभावित भएका छन् । चार प्रदेशलाई कोरोना परीक्षण गर्ने मेशिनआइतबार बिहान मात्रै चीनबाट आयात भएका कोरोना परीक्षण गर्ने मेशिन विभिन्न चार प्रदेशलाई प्रदान गरिने भएको छ । समितिको बैठकले आवश्यकताका आधारमा प्रदेश नं २, प्रदेश ५, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिममा एक÷एक थान पीसीआर मेशिन उपलब्ध गराउने निर्णय भएको सचिव बिँडारीले जानकारी दिए । बाँकी रहेको एक थान मेशिन भने काठमाडौँमा नै राखिने भएको छ । आवश्यकताको आधारमा सो मेशिन उपलब्ध गराइनेछ । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण सुरु भइसकेकाले तत्काल उपलब्ध गराइएको छैन । यस्तै एक एक हजार थान पीपीआईसहित, अन्य उपकरण र औषधि उपलब्ध गराइनेछ ।

आइसोलेसनमा भर्ना भएका बिरामीको मृत्यु धादिङ अस्पतालले एक बिरामी काठमाडौं पठायो

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेसनमा भर्ना गरिएका एक युवकको आइतबार मृत्यु भएको छ । ३४ वर्षीय ती युवा गत चैत ६ गते दुवईबाट काठमाडौं आएको पाईएको छ । उनी नेपाल आउँदैमा ज्वरो आएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आइतबार मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडाँै ल्याइएको छ । रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने काठमाडौं आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए । एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको मृत्युपश्चात् उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने जनाइएको छ । बम बहादुर तामाङलाई धादिङ जिल्ला अस्पतालले काठमाडौं पठाएको छ । उनी केही दिनअगाडि भारतबाट गाउँ फर्किएका थिए । उनको स्वाब पनि जिल्ला अस्पताल धादिङले काठमाडौं पठाएको धादिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा कोरोनाबारे सम्पूर्ण जानकारी पाइने वेबसाइट र मोबाइल एप्स सुरू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतबार वेबसाइट र एपको शुभारम्भ गरे । मन्त्रालयले एपसँगै कोभिड–१९ को सूचना प्राप्त गर्न सहजहोस भनेर सबैको पहुँचका लागि भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको छ । शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्नका लागि उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जानकारी दिए । उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन अनुरोध गरे ।

उनले नयाँ वेबसाइट, मोबाइल एप र भाइबर क्म्युनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोध पनि गरे ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तत्काल जानकारीसहित सम्पूर्ण सूचनाहरु आम नागरिकमाझ सहझ रुपले पु¥याउने उद्देश्यका साथ मन्त्रालयले प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेब एम्लिकेसन तयार पारेको हो ।तत्कालका लागि कोभिड डट एमओएचपी डट जिगोभी डट एनपीबाट मोबाइलमा एप्स डाउनलोड गरी हेर्न सिकने छ । एमओएचपी नेपाल कोभिडमा गएर भाइबर कम्युनिटीमा जोडिन सकिन्छ । वेबसाइटमा हव अस्पताल, कोभिड–१९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेशन र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै आइसोलेसन बेडहरूको जानकारी समेत सबैले जहाँसुकैबाट हेर्न सक्नेछन । यसबाट कोरोनाको लक्षणहरू आफैँले मूल्यांकन गर्न समेत सकिने छ भने मूल्यांकनको नतिजा तत्कालै हेर्न सकिनेछ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x