Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखुम्बु क्षेत्रबाट दुई सय बढी पर्यटको उद्धार

खुम्बु क्षेत्रबाट दुई सय बढी पर्यटको उद्धार


सोलुखुम्बु,चैत १७
सोलुखुम्बुको लुक्ला क्षेत्रबाट दुई सयभन्दा बढी पर्यटकको उद्धार गरिएको छ । शुक्रबार र शनिबार गरेर अहिलेसम्म दुई सय ११ विदेशीसहित दुई सय १७ जनाको उद्धार गरिएको छ । शनिबार मात्रैएक सय ७३ जना विदेशी पर्यटकको उद्धार गरिएको थियो । शनिबार विभिन्न एयरलाइन्सका १४ उडानबाट उनीहरूलाई उद्धार गरिएको हो । शनिबार एक सय ७३ जना विदेशी र ५ जना नेपालीलाई उद्धार गरि काठमाडौँ लगिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारी जानकारी दिए । शनिबार नेपाल वायुसेवा निगमको जहाजले ५ वटा उडानबाट १ जना नेपालीसहित ७० जना यात्रुलाई काठमाडौँ लगेको हो । त्यस्तै तारा एयरलाइन्सले चारवटा उडानबाट ५४ जना विदेशीलाई काठमाडौँ पु¥याएको अधिकारीको भनाइ छ । सिता एयरलाइन्सको दुई उडानबाट २८ जना, सिम्रिकको एक उडानबाट तीन नेपालीसहित १७ जनालाई काठमाडौँ लगिएको छ अधिकारीको भनाइ छ । यस्तै कैलास एयरका हेलिकप्टरले दुई उडानमा एक नेपालीसहित ९ जनालाई काठमाडौँ लगेको छ । अझै पनि खुम्बु क्षेत्रमा केही पर्यटक रहेको जनाइएको छ । उनीहरूलाई पनि क्रमिकरूपमा उद्धार गरिने जनाइएको छ । आकस्मिकरूपमा नेपाललाई लगडाउन गरिएपछि खुम्बु क्षेत्र भ्रमणका लागि आएका पर्यटक यहीँ अलपत्र परेका थिए । सदरमुकाम सल्लेरीमा अलपत्र परेका ६ जना विदेशी पर्यटकलाई उद्धार गरी काठमाडौँ पठाइएको छ ।

तीन साताअघि नेपाल भ्रमणमा आएका उनीहरू नेपाल लकडाउन भएपछि सल्लेरीमानै अलपत्र परेका थिए । स्पेन, पोल्याण्ड, अमेरिका, फ्रान्स, क्यानाडा र भारतका ६ जना नागरिकहरू लकडाउनका कारण सल्लेरीमै अलपत्र परेको भन्दै प्रशासन कार्यालयमा आएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिइन् । आफूहरूसँग भएको खर्चसमेत सकिएकाले थप समस्या भएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा उद्धारको लागि आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वय तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको पहलमा शनिबार उनीहरूलाई सडक मार्ग हुँदै काठमाडौँ पठाइएको हो । यता लुक्लामा अलपत्र परेका पर्यटक गाइडहरूले उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेका छन् । विभिन्न देशका पर्यटकहरूलाई लिएर सगरमाथा क्षेत्र खुम्बु गएका गाइडहरूले कोरोना भाइरसका कारण नेपाल लक डाउन भएपछि आफूहरू अलपत्र परेको बताएका छन् । लुक्लामा रहेका ३२ जना गाइडले सरकार र सरोकारवाला निकायलाई संयुक्त पत्र लेख्दै आफूहरूलाई चाँडोभन्दा चाँडो उद्धार गर्न माग गरेका हुन् । नेपाली गाइडको तर्फबाट रमेश तामाङले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र खुम्बु पासाङल्हामु गाउँपालिकाको नाममा पत्र लेख्दै काठमाडौँं फर्कने व्यवस्था गरिदिन आग्रह गरेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया