Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतले आफ्ना नागरिक नेपालबाट लैजान मानेन नेपाल फर्काउन सिमानामा हवाइ फायर

भारतले आफ्ना नागरिक नेपालबाट लैजान मानेन नेपाल फर्काउन सिमानामा हवाइ फायर


काठमाण्डौं,चैत १८
भारतले आफ्ना नागरिकलाई नेपालबाट प्रवेश गर्न रोक लगाउँदा सीमाबाट भगाउन हवाइ फायर गरेको छ । वीरगञ्ज–रक्सौलको नाकाको मितेरी पुलमा अलपत्र परेका सयौं भारतीय नागरिकलाई भारतीय प्रहरीले नेपालतर्फ धपाउन सोमबार हवाइ फायर गरेको हो । काठमाडौं, पोखरालगायत अन्य पहाडी तथा तराईका जिल्लामा विभिन्न पेशा तथा व्यवसाय गरिरहेका भारतीय नागरिक आफ्नो देशको परिचयपत्र बोकेर भारत प्रवेशको प्रतीक्षामा थिए । भारतले पहिला स्वास्थ्य जाँच गरेर प्रवेश गर्न दिने भने पनि पछि नदिने भन्दै नेपालतर्फ फर्किन भनेको थियो । सिमानामा बसेकाहरुले नमानेपछि भारतीय प्रहरीले हवाइ फायर गरेर नेपालतर्फ भगाएको हो । नेपालमै रोकिएका उनीहरुलाई वीरगञ्जमा रहेको ठाकुराम क्याम्पसमा राखिने तयारी छ ।

नेपालमा पहिलो सात दिन र पछि आठ दिन गरी १५ दिनको लकडाउन गरे पनि भारतले नेपालमा लकडाउन गरेको भोलिपल्ट एकै पटक २१ दिनको लकडाउन गरेको छ । भारतले विदेशबाट आएका आफ्ना देशका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा पठाउने गरेको छ । यसले गर्दा पनि नेपालालबाट जानेहरु सिधै घर जान पाउनेछ्रैनन् । नेपालमा रहे पनि उनीहरुको स्वास्थ्य उपचार र खानपिनको व्यवस्था गर्ने भारतीय पक्षले जानकारी दिएका वीरगञ्जबाट प्राप्त समाचारमा जनाइएको छ । खासगरी नेपालमा बसेर मजदुरी गर्नेहरु आफ्नो देश फर्कन नपाएका हुन् । बिहार र उत्तर प्रदेशका विभिन्न ठाउँबाट नेपालमा आएर मजदुरी गर्नेको ठूलो संख्या छ । नेपालमा लकडाउन भएपछि उनीहरु भारत प्रवेश गर्न पाइने आशले वीरगञ्ज पुगेका हुन् । यस्तै, नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि भारतको धार्चुलाबाट नेपाल प्रवेश गर्न खोज्ने नेपाली नागरिकलाई भारततर्फ नै रोकेको छ । उनीहरुलाई १४ दिनसम्म भारतको धार्चुलामै नेपाल सरकारको खर्चमा क्वारेन्टाइनमा राखिने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x