Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजिल्लासित जोडिएका भारतीय सीमानाका तीन दिन बन्द

जिल्लासित जोडिएका भारतीय सीमानाका तीन दिन बन्द


बारा । बारा क्षेत्र नं. २ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि शुक्रबारदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ ।

पर्सा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आज शुक्रबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

बारा क्षेत्र नं. २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया