परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री शर्मा
काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको बताएकी छिन् । उनले नेपालको राजनीतिक आन्दोलनलगायतका सबै परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा बुधबार आयोजित प्रभातफेरी कार्यक्रममा उनले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताले यो पेशालाई अझ महत्वपूर्ण मर्यादित महत्वपूर्ण बनाउन भूमिका निर्वाह गरेको बताइन् ।
उनले भनिन्, “संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरिएको छ, कानुन बनाउने, कानुनमा उल्लेख गरिएका कुरा कार्यान्वयन गर्ने चरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहेको छ ।” प्रेस स्वतन्त्रताको पक्षमा उभिन निम्ती आवश्यक कानुन तर्जुमा, नीति नियम बनाउने र आवश्यक निर्णय गर्ने ठाउँमा आफू भएकाले सदैव पत्रकारको साथमा रहने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरिन् ।
हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रमामाथि जुन ढङ्गले प्रहार भइरहेको छ त्यसबारे सचेत रहेर समाजमा सकारात्मक सन्देश दिन पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले पछिल्लो समयमा पत्रकारमाथि जुन ढङ्गले आक्रमण हुने गरेको छ, त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नतर्फ हामी अग्रसर हुन जरुरी छ भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया