सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताएका छन् । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित तीन दिने तालसम्मेलनको बिहीबार शुभारम्भ गर्दै उनले तालतलैयाको संरक्षणसँगै यसलाई आयआर्जनको स्रोतको रुपमा विकास गरेर जीविकोपार्जनसँग जोडेर लैजानुपर्छ भनेका छन् । मुख्यमन्त्री पाण्डेले जङ्गलमा काठ कुहिएर जाने विदेशबाट काठ आयात गर्नुपर्ने अवस्थाले अर्थतन्त्रमा असर पारेको जनाउँदै अब यसतर्फ सोच्नुपर्ने बेला आएको राससलाई बताए ।
उनले पोखराको सुन्दरतासँगै तालतलैयाको संरक्षणका लागि सबैको साझा सोच र उद्देश्य अनुरुपको कार्यमा सहकार्य र समन्वयको आवश्यतामा जोड दिए । उनले भने, ‘‘अब देखिने, सुनिने र बोलिने विकासको नीति अवलम्बन गर्नुपर्छ, प्राकृतिक सम्पदाको संरक्षण सम्बद्धनसँगै सीमित स्रोत–साधनको अधिकतम उपयोग गरेर जीविकोपार्जनसँग जोड्ने अबका कार्यक्रम तय गरिनुपर्छ ।”
कार्यक्रममा पोखरा महानगरापालिकाका प्रमुख धनराज आचार्य पोखराको पहिचान र सुन्दरता भनेको तालतलैया रहेको र यसको संरक्षण र सम्बर्द्धनका लागि महानगरबाट नीतिगत पहलसँगै योजना तय भएको बताए । उनले पोखराका आठ ताल जोड्ने, साइकल ट्रेल, फुट ट्रेल, वाटर स्पोटसलगायतका कार्ययोजना रहेको सुनाए ।
उनले एसियाली विकास बैंकसँग पोखराको वृहत्तर विकासका लागि वृहत्तर परियोजनाका कार्य सम्झौता भएको जानकारी दिए । तालप्राधिकरणका उपाध्यक्ष नवराज ओझाले प्राकृति सम्पदाको संरक्षण र सम्बर्द्धनका लागि स्वार्थभन्दामाथि उठेर काम गर्नुपर्ने बताए । उनले विकासका नाममा भएका विनाशले रामसार सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय महत्व बोकेका तालतलैया सिमसार पुरिँदै मासिँदै गएकाले अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ भने ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवम् कार्यक्रमका संयोजक डा. कल्पनादेवी देवकोटाले पोखरा उपत्यकाको नौ तालहरुको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गदै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने उद्देश्य रहेको बताइन् ।
वन विज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख प्राध्यापक विनोदप्रसाद हेज्यूले ताल व्यवस्थापन सुधार गर्न आवश्यक कदम पहिचान गर्ने र आवश्यता सम्बोधन गर्न अनुसन्धान र सहकार्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बुधबारबाट सुरु भएको सम्मेलनमा पहिलो दिन काठमाडौँ विश्वविद्यालयका डा. रामदेवी तचामो, लिवर्डका डा. बलराम थापालगायतका विषयगत विज्ञको प्रस्तुति रहेको थियो । झण्डै १२ विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका विषयविज्ञको प्रस्तुति रहने र तालहरुको भ्रमणसहित सरोकारवालासँग अन्तक्रिया गरेर सम्मेलन सकिने संयोजक डा. देवकोटाले जानकारी दिए । उनका अनुसार सम्मेलनमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरा तथा काठमाडौँं विश्व विद्यालयको पनि साझेदारी रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया